पक्राउ परेका डिएसपी ठगबहादुर केसीलेमाथी छानविन सकियो, सुन आफै राख्न खोजेको निष्कर्ष

पक्राउ परेका डिएसपी ठगबहादुर केसीलेमाथी छानविन सकियो, सुन आफै राख्न खोजेको निष्कर्ष

इला प्रहरी कार्यालय बुटवलका पूर्व प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीको आचरणबारे छानबिन समितिले अनुसन्धान पूरा गरेको छ । समितिले केसीले सुन व्यापारीबाट सुन  रितपूर्वक सुन बरामद नगरेको र आफैंले लिन खोज्ने  ठगि गर्ने नियतले सुन राख्न खोजेको छानबिन समितिले निष्कर्ष निकालेको छ। ।

गत मंसिरमा केसीले बुटवलका एक व्यापारीसँग सुन बरामद गरी आफैं राखेको सूचना पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । पक्राउपछि प्रहरीले केसीलाई निलम्बन गरी अनुसन्धान थालेको छ ।

समितिले केसीलाई भ्रष्टाचार ऐनअनुसार कारबाही गर्न सिफारिस गरेको प्रतिवेदन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई बुझाएको छ । प्रतिवेदनले सुन कानुनी भए फिर्ता गर्नुपर्ने र अवैध भए राजस्वमा बुझाउनुपर्ने सुझाव पनि दिएको छ । समितिले सुन बरामद गरेपछि केसीले प्रचलित कानुनबमोजिम आफ्नो जिम्मेवारी पूरा नगरेको समितिले जनाएको छ ।

Europass CV in Nepal

समितिका संयोजक रहेका प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुँवेर खापुङले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन् । समितिको सिफारिसअनुसार थप अनुसन्धान र कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने छ ।

सिआइबीको टोलीले केसीलाई पक्राउ गर्दा बुटवलका किसान  सुन व्यापारीसँग ३६ तोला ३२ रातो सुन बरामद गरेको थियो । सुन वैध हो कि अवैध हो भनेर छानबिन थालिएको हो । टोलीले केसीको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजार रुपैयाँको चेक पनि बरामद गरेको थियो ।