मुख्य सामग्रीमा जानुहोस्
Friday, 16 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नेपालका कप्तान किरणले भारतमा जिते उत्कृष्ट गोलकिपरको अवार्ड

Himali Patrika 1 मिनेट पढाइ

भारतको पञ्जाब एफसीलाई आइ-लिग च्याम्पियन बनाएका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बू उत्कृष्ट गोलकिपर भएका छन्। एक साताअघि नै च्याम्पियन बनेको पञ्जाबले आइतवार पञ्चकुलास्थित ताउ देवी लाल रंगशालामा ट्राउ एफसीलाई २-० ले हराउँदै आई-लिग सिजनको अन्त्य गर्‍यो।

२२ खेलबाट १६ जित, ४ बराबरी र २ हारसहित ५२ अंक जोडेर उपाधि जितेको पञ्जाबले सन् २०१२-१३ मा चर्चिल ब्रदर्सपछि ५० अंकको अंक पार गर्ने पहिलो च्याम्पियन टोली बनेको छ।यो खेलसँगै भएको पुरस्कार वितरण कार्यक्रममा प्रतियोगताकै उत्कृष्ट गोलकिपरको उपाधि लिम्बूले हात पारेका हुन्।

उनले २ लाख ५० हजार भारतीय रूपैयाँ र ट्रफी हात पारे। गत सिजन पनि किरणले पञ्जाबबाटै खेल्दै सिजनकै उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।उपाधि विजेता पञ्जाबले १ करोड भारतीय रूपैयाँ हात पारेको छ। आइ-लिग च्याम्पियन बनेसँगै पञ्जाब इन्डियन सुपर लिगमा बढुवा भएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।