भारतीय डकुमेन्ट्री फिल्मले जित्यो अस्कर अवार्ड

भारतीय डकुमेन्ट्री फिल्मले जित्यो अस्कर अवार्ड

‘एकेडेमी अवार्ड’ समेत भनिने अस्करको ९५औं संस्करण भारतीय फिल्म उद्योगका लागि ऐतिहासिक रह्यो।भारतबाटै निर्माण भएका तीनवटा फिल्म विभिन्न विधातर्फ अस्करमा मनोनीत भएकामा दुईवटाले अवार्ड जित्न सफल भएको छ।

एसएस राजामौलीको फिल्म ‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले मौलिक संगीततर्फ र ‘द एलिफेन्ट ह्विस्पर्स’ ले सर्ट डकुमेन्ट्री फिल्मतर्फ अस्कर जितेको हो। भारतबाटै निर्माण भएको फिल्मले अस्कर जितेको यो पहिलो अवसर हो। यसबाहेक डकुमेन्ट्री फिचर फिल्म ‘अल द्याट ब्रिद्स’ पनि मनोयनमा परेको थियो।

अस्कर विजेता दुई भारतीय फिल्ममध्ये हामीले राजामौलीको ‘आरआरआर’ बारे धेरै चर्चा सुनिसक्यो। तर सर्ट डकुमेन्ट्रीतर्फ अस्कर जितेको ‘द एलिफेन्ट ह्विस्पर्स’ बारे कमैलाई थाहा हुनसक्छ। यो केका बारेमा बनेको वृत्तचित्र हो त? यसको विशेषता के हो?

Europass CV in Nepal

मान्छे र जनावरबीचको प्रेम देखाइएको यो डकुमेन्ट्री फिल्ममा तमिलनाडूस्थित मुदुमलाई राष्ट्रिय निकुञ्जमा बस्ने दम्पती बोमन र बेलीको कथा छ। उनीहरूले एउटा सानो अनाथ हात्ती पालेका छन्, जसको नाम रघु हो।

बोमन र बेलीले रघुलाई आफ्नो परिवारको सदस्यजत्तिकै माया गर्छन्। रघुको रेखदेखमा उनीहरू कुनै कसर छाड्दैनन्।कार्तिकी गोन्साल्विसले निर्देशन गरेको यो फिल्म नेटफ्लिक्समा हेर्न सकिन्छ। ३९ मिनेटको यो डकुमेन्ट्री फिल्म सन् २०२२ डिसेम्बर ८ मा प्रदर्शन भएको थियो।

भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा निर्देशक गोन्साल्विसले लामो समय लगाएर यो फिल्म बनाएको बताइएकी छन्।’मैले रघुलाई तीन महिनाको हुँदा पहिलोपटक भेटेको थिएँ। डकुमेन्ट्री बन्नुअघि मैले रघु र उसको पालनपोषण गरिरहेको परिवारसँग डेढ वर्ष बिताएँ,’ निर्देशक गोन्साल्विसले भनिन्। तमिल सर्ट फिल्म निर्माता गोन्साल्विसको यो डेब्यू निर्देशन हो।