जुम भिडियो लाइभमा महिला कर्मचारी समात्न खोज्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

जुम भिडियो लाइभमा महिला कर्मचारी समात्न खोज्ने कृषि विश्वविद्यालयका डिन निलम्बित

२ चैत, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि संकायका डिन प्रा. जयप्रकाश दत्तलाई निलम्बन गरेको छ । जुम बैठकमा उनले महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बन गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीले सामाजिक सञ्जालमा देखिएको विषयवस्तु सम्वेदनशील देखिएको हुँदा सत्यतथ्य छानबिनका लागि समिति पनि गठन गरिएको बताए । उनले छानविन समितिको प्रतिवेदन प्राप्त भई निर्णय नहुञ्जेलसम्मका लागि दत्त निलम्बनमा रहने बताए ।

कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी भएको बैठकमा डीन दत्तले अडियो म्यूट गरेका थिए भने, उनको भिडियो अन नै थियो । दत्त कृषि संकायको डीनको ४ बर्षे पहिलो कार्यकाल पूरा गरेर अहिले थप ४ बर्षे दोस्रो कार्यकालका लागि २०७७ कात्तिकमा डिन नियुक्त भएका थिए ।

Europass CV in Nepal

२०७७ मा कृषि तथा वन विश्वविद्यालयको रजिष्ट्रार पद र कृषि संकाय, पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायमा डीन रिक्त थियो । २०७७ असोज २२ गते कृषि संकायका डीनको पदका लागि १ नम्बरमा प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, २ नम्बरमा प्रा. डा. अरविन्द श्रीवास्तव, ३ नम्बरमा प्रा. डा. कल्याणी मिश्र त्रिपाठी र ४ नम्बरमा प्रा. जयप्रकाश दत्त, ५ नम्बरमा प्रा. विष्णुराज ओझा, ६ नम्बरमा डा. शिवचन्द्र ढकाल र ७ नम्बरमा डा. सन्तोष मरहट्टाको निवेदन परेको थियो ।

तर १, २, ३ नम्बरका प्रोफेसरलाई फालेर चौथो नम्बरमा रहेका प्रा. जयप्रकाश दत्तलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको थियो । उनी यसपटक पनि माओवादी भएकै कारण डीन भएको विश्वविद्यालयले स्रोतले बतायो । स्रोतका अनुसार दत्त २०७७ साल कार्तिकमा दोस्रो कार्यकाल डीन नियुक्ति भएका हुन् ।

उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न माओवादीकै शीर्ष नेताले पहल गरेका थिए । दत्तलाई नियुक्त गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफलसमेत नभएको एक पदाधिकारीले बताए । यसअघि पनि दत्तको महिलालाई कार्यकक्षमै दुर्व्यवहार गर्ने गरेका थिए । तर, प्रशासनले बेवास्ता गर्दै आएको थियो ।

यस घटनाको विषयमा बुझ्न हामीले विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीलाई बारम्बार सम्पर्क गर्ने कोसिस गर्‍याैं । तर, उनले आफ्नो मोबाइल नै अफ गरेर सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार डीनको घटना बाहिरिएसँगै उनी मोबाइल अफ गरेर बसेका छन् । यस्तै डीन दत्तले पनि मोबाइल अफ गरेका छन् । यसअघि सम्पर्क हुँदा रेग्मीले आफू महत्वपूर्ण बैठकमा व्यस्त रहेको भनी कार्यालयमा डीन दत्तले गरेका यौनजन्य क्रियाकलापबारे प्रतिक्रिया दिन इन्कार गरेका थिए ।

Europass CV in Nepal