मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

राहदानी मुद्दामा रबी लामिछानेलाई सरकारले दियो उन्मुक्ति

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौँ  । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगको कसुरमा उन्मुक्ति दिएको छ । अमेरिकी नागरिकता र राहदानी बहाल रहेकै बेला नेपाली राहदानी लिएका लामिछानेविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको हो ।

अमेरिकी नागरिकता लिएपछि स्वतः कायम नरहेको नेपाली नागरिकता प्रयोग गरेर उम्मेदवार बनेको भन्दै सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो । तर, सरकारी वकिलको कार्यालय काठमाडौंले ‘अमेरिकी नागरिकता र राहदानी नत्यागी नेपाली राहदानी लिएको देखिए पनि लामिछानेबाट त्यसको दुरुपयोग नभएको’ ठहर गरेको छ । राहदानी दुरुपयोगको कसुरमा लामिछानेलाई मुद्दा चलाउनु नपर्ने रायसहित जिल्ला प्रहरी परिसर काठमाडौंले प्रतिवेदन बुझाएको थियो । त्यसैका आधारमा वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले प्रहरीले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन दिएको र अन्य आधारमा पनि सोहीबमोजिम निर्णय गरी अनुमोदनका लागि उच्च सरकारी वकिल कार्यालय पाटनमा पठाइएको बताए ।

‘सन् २०१५ मा लिएको राहदानी दुरुपयोग गरेको भन्ने आरोप लागेकामा अध्यागमन विभागको रेकर्ड हेर्दा दुरुपयोग भएको देखिएन,’ उनले भने, ‘जुन नागरिकताका आधारमा नेपालमा दोस्रो पटक राहदानी निकालिएको हो, त्यो नागरिकता सर्वोच्च अदालतको आदेशले कायम रहेन, जुन राहदानी दुरुपयोग भएको भनिएको हो, त्यो राहदानी पनि अहिले त्यागिसकेको देखिएकाले राहदानीको कसुरमा मुद्दा चलाउन आवश्यक देखिएन ।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।