मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रचण्डले ओलीलाई भने, तपाईं र मेरो हिसाब अझै बाँकी छ

Himali Patrika 1 मिनेट पढाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फेरि एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन्।

सोमबार विश्वास मतसम्बन्धी प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले पुस १० गते आफू प्रधानमन्त्री माग्दै ओलीको निवास बालकोटमा नपुगेको दाबी गरे।

‘म प्रधानमन्त्री खोज्दै बालकोट गएको होइन, तपाईंहरूले धेरै नै बोलाएपछि गएको हुँ,’ प्रचण्डले भने,‘तर पनि ओलीजीले मलाई प्रधानमन्त्री बनाउनुभयो त्यसका लागि धन्यवाद दिन्छु। मैले तपाईंलाई दुई पटक प्रधानमन्त्री बनाएको थिएँ। तपाईंले मलाई एक पटक प्रधानमन्त्री बनाएँ। हिसाब राख्नुहोला अझै एक पटक तपाईंले मलाई प्रधानमन्त्री बनाउन बाँकी छ।’

प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो बैठकमै ओलीले संसद विघटनको बचाउ गरेपछि आफ्नो ‘लभ’ कांग्रेससँग परेको बताए।अहिले बनेको गठबन्धन प्राकृतिक भएकाले यो दीगो हुने उनको तर्क छ। ‘ओलीजीले वैशाखमा तपाईं र म राष्ट्रपतिको छेउको लबीमा सँगै हुनेछौं भन्नुभएको छ। मलाई लाग्छ त्यस्तो अवस्था आउने छैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।