मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

युएई राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट किन हटाइयो रोविन सिंहलाई ?

Himali Patrika 1 मिनेट पढाइ

युएईले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक पदबाट रोविन सिंहलाई हटाइएको छ। अब मुदास्सर नाजरले युएईको अस्थायी प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने युएईको मिडिया द नेसनलले उल्लेख गरेको छ। नेसनलका अनुसार उनको प्रशिक्षक पदको नवीकरण नगरिएको हो।

भारतका पूर्व अलराउन्डर सिंह फेब्रुअरी २०२० मा युएईको प्रशिक्षक नियुक्त भएका थिए। तर पछिल्लो समय युएईले खराब प्रदर्शन गरेपछि उनको पद धरापमा परेको थियो।युएईले यसै साताको अन्त्यमा नामिबियामा हुने क्रिकेट विश्वकप छनोटको प्लेअफ खेल्दैछ।

पछिल्लो समय खराब नतिजाको कारण युएईले जुनमा जिम्बाब्वेमा हुने ग्लोबल विश्वकप छनोटमा सिधै स्थान बनाउन असफल भएको थियो भने एकदिवसीय मान्यता पनि खतरामा परेको थियो।

अब क्रिकेट विश्वकप छनोटको प्लेअफमा शीर्ष दुईमा परे युएई विश्वकप छनोटमा पुग्नेछ भने क्यानडा र जर्सीभन्दा अघि रहे मात्र एकदिवसीय मान्यता जोगिनेछ।

पाकिस्तानका पूर्व अलराउन्डर मुदास्सरले अन्तरिम जिम्मेवारी लिएका छन्।नियुक्त भएपछि पनि सिंहले भारतको मुम्बई इन्डियन्स कोचिंग स्टाफको रूपमा आफ्नो भूमिका कायम राख्न सम्झौता गरेका थिए। गत वर्षदेखि युएईले एकदिवसीय र टी-२० गरी कुल २७ खेल खेलेको छ र त्यसमध्ये २० खेल हारेको छ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।