मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

स्वस्तिमा खड्काको दुर्गा अवतार, फिल्म भष्मे डनको लुक्स सार्वजनिक

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । गत शुक्रबारदेखि फ्लोरमा गएको चलचित्र ‘पशुपतिप्रसाद-२ भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको लुक्स सार्वजनिक भएको छ । छायांकन सेटबाटै सार्वजनिक भएको लुक्समा उनलाई दुर्गा भवानीको रुपमा देख्न सकिन्छ ।

केही दिनअघि मात्र नायक विपीन कार्कीको सेटबाटै ‘भष्मे डन’ को लुक्स सार्वजनिक भएको थियो । सात वर्षअघि हिट भएको चलचित्र ‘पशुपतिप्रसाद’ को दोस्रो संस्करण ‘पशुपतिप्रसाद-२ भष्मे डन’को अहिले पशुपति परिसरमा छायांकन चलिरहेको छ ।

चलचित्रलाई निरज कँडेलले खिचिरहेका छन् । खगेन्द्र लामिछानेको पटकथा, लेखन र निर्माण रहेको यो चलचित्र भष्मे डनको पात्रमा आधारित छ । दीपेन्द्र के खनालले निर्देशन गरिरहेको चलचित्रमा विपीन र स्वस्तिमाबाहेक सौगात मल्ल, वर्षा सिवाकोटी, खगेन्द्र लामिछानेलगायतको अभिनय रहेको छ । चलचित्र आगामी दशैंमा रिलिज हुनेछ ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।