तुलसीपुर उपमहानगरपालिकाले किसानलाई क्रेडिट कार्ड दिने

तुलसीपुर उपमहानगरपालिकाले किसानलाई क्रेडिट कार्ड दिने

दाङ।  तुलसीपुर उपमहानगरपालिका भित्रका किसानलाई क्रेडिट कार्ड दिने गरि तयारी गरिएको छ । त्यसकालागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रबक्ता माधव वलीले बताउनुभयो ।“ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ”,उहाँले भन्नुभयो“त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा गएर छलफल भएपछि हामीले कार्यान्वयनमा गर्छौं ।”

किसानलाई क्रेडिटकार्ड दिएपछि २ लाखसम्मको सहुलियत कर्जा पाउछन् । यस अघि तुलसीपुर उपमहानगरपालिका वडा नं.१६ का किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । सीसा परियोजना र मेघा बैंकको समन्वयमा वडाका १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको उहाँले बताउनुभयो ।

अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने उहाँको भनाई छ । क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो सरकारले दुई लाखसम्म ऋण दिन्छ । सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन् ।

Europass CV in Nepal

त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्छ ।

सीसा परियोजनाको आयोजनामा किसान क्रेडिट कार्ड कार्यान्वयन सहयोग सम्बन्धि कार्यविधि २०७९ का विषयमा अन्तरक्रिया भएको छ । त्यस अवसरमा बैकका प्रमुख, जनप्रतिनिधि, किसानलगायत सरोकारवालाले क्रेडिटकार्डले किसानलाई ब्यबसायिक रुपमा फाइदा पु¥याउने बताएका थिए । त्यस अवसरमा सीसा नेपालका सागर काफ्लेले क्रेडिट कार्डका बारेमा जानकारी गराएका थिए ।

Europass CV in Nepal