मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ : महरा

Himali Patrika 1 मिनेट पढाइ

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही हुने बताएका छन्।सरकारभित्र वा बाहिर जहाँ भए पनि सो प्रकरणका दोषीमाथि कारबाही हुने उनको दाबी छ। शनिबार संवाद डबलीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘जो दोषी छन्, तिनी कारबाहीको दायराभित्र पर्दछन्। जो दोषी छैन, त्यो त कारबाहीको दायराभित्र पर्ने कुरा भएन। सरकारभित्र हुन् वा बाहिर, दोषीलाई कारबाही हुन्छ। त्यसमा कुनै भेदभाव हुँदैन।’

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दाबी गरे। रास्वपाले समर्थन फिर्ता लिए पनि बहुमत रहेकाले सरकार कायमै रहने उनको तर्क थियो।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।