मुख्य सामग्रीमा जानुहोस्
Thursday, 1 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

असहाय बिरामीलाई निशुल्क उपचार नगर्ने निजी अस्पताललाई कारबाही गर्ने बालेनको चेतावनी

Himali Patrika 1 मिनेट पढाइ

कुल शय्याको दश प्रतिशत शय्या विपन्न, असहाय, बेवारिसे बिरामीका लागि छुट्याइ निशुल्क उपचार नगर्ने निजी अस्पताललाई काठमाडौ महानगर पालिकाले कारबाही गर्ने भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले निजि अस्पताललाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याइ सेवा दिएको विवरण अनिवार्य रुपमा हरेक महिनाको १० गते भित्र बुझाइसक्न निर्देशन दिएका छन्।

महानगर अन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सूचनामा विपन्न बिरामीका लागि सबै अस्पतालमा दश प्रतिशत शय्या छुट्याउन भनिएको छ। यो निर्देशनलाई काठमाडौं महानगरले पुन सार्वजनिक गर्दै कारबाही गर्ने जानकारी मेयर शाहले दिएका हुन्। मेयर बालेन शाहले महानगरपालिका क्षेत्रभित्रका केन्द्र, प्रादेशिक स्थानीय सबै प्रकृतिका स्वास्थ्य संस्थालाई उक्त निर्देशन दिएका हुन।

उनले सामाजिक सञ्जाल फेसबुकमा मार्फत सबै स्वास्थ्य संस्थाहरुलाई यस कुराको जानकारी दिएका हुन।साथै निजी अस्पताल एवं स्वास्थ्य संस्थाहरूले स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने अस्पताल भित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्न पनि महानगर अन्तर्गतको स्वास्थ्य विभागले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।