मुख्य सामग्रीमा जानुहोस्
Tuesday, 22 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मृगौला पीडित जोखे खड्कालाई सहयोग हस्तान्तरण 

Himali Patrika 1 मिनेट पढाइ

१५ जेठ, घोराही। मृगौला पीडित रोल्पा नगरपालिका ६ कोटगाउँ निवासी जोखे खड्कालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। शुक्रबार दाङको घोराहीमा एक कार्यक्रम गर्दै दुवै मृगौला फेल भएका जोखे खड्कालाई उपचारार्थ संकलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको हो।

अन्तराष्ट्रिय रोल्पाली सेवा समाज, दाङद्वारा आयोजना गरिएको रकम हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालको हातबाट पीडित परिवारलाई ३ लाख २१ हजार ५३ रुपैयाँ रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो।

पिडित परिवारलाई रकम हस्तान्तरण गर्दै व्यक्तिको ज्यान जोगाउने दायित्व सरकारको हुनपर्ने मन्त्री राजु खानलले बताउनु भयो। मन्त्री खनालले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने सहयोगी दाताहरूलाई प्रशंसा गर्दै भने, ‘जनतालाई बचाउने जिम्मा सरकार को हो आज यो काम समाजले गरिरहेको छ, धन्यवाद दिन चाहन्छु ।’ उहाँले भन्नु भयो ‘हरेक व्यक्तिको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो । यो सरकारले लिनुपर्छ ।’

लुम्बिनी प्रदेश सरकारले मृगौला फेर्न २ लाख रुपैयाँ सम्मको रकम उपलब्ध  समेत गराउँदै आएको मन्त्री खनालले बताउनु भयो। उहाँले आफू स्वास्थ्य मन्त्रीको  हैसियतले जनताको स्वास्थ्यको सवालमा गम्भीर रहेको समेत बताउनु भयो। उहाँले अब हरेक नागरिकलाई स्वास्थ्य बिमा गर्न समेत अनुरोध गर्नु भयो। बिमा कार्यक्रम प्रभावकारी ढंगले लागू गरे पैसा नभएकै कारण गरिब को मृत्यु नहुने उहाँले बताउनु भयो। 

दुवै मृगौला फेल भएका जोखे खड्काको उपचार गर्ने आर्थिक अभाव भएका कारण उनलाई बचाउन जोखे खड्का बचाउ अभियान नै सञ्चालन गरिएको थियो। उक्त अभियानको संयोजन रोल्पा कोटगाउँले समाजले गरेको थियो।  

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।