मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने ल्याकत एमालेमा छ : सचेतक

Himali Patrika 1 मिनेट पढाइ

६ असार, काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफूहरुले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दाबी गरेका छन् ।बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकारको आयु प्रत्येक दिनका लागि भएको बताए ।

माओवादी केन्द्रसहितका चार दलले बनाएको समाजवादी मोर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘यदि नेकपा एमालेले प्रयत्न गर्ने हो भने एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौं । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो ।’

यद्यपि आफूहरु सरकार ढाल्न नलाग्ने, बरु गठबन्धनभित्रकै असमझदारी र अविश्वासले ढल्ने उनले बताए । सत्तारुढ गठबन्धनमा भएकाहरुलाई आफूहरुको पद जतिखेर पनि धरापमा पर्छ भन्ने त्रास रहेको भन्दै एमाले सचेतक बर्तौलाले अघि भने, ‘यदि यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट निर्माण गर्नुपर्ने कुनै जरुरी थियो ?’ यस्तो मोर्चाबन्दीले संसद र सरकारको काम कारबाहीलाई बलियो बनाउन नबनाउने उनले बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।