मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मेयर बालेन आधारित फिल्म ‘मेयर साहेब’ निर्माण हुने

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका कार्यमा आधारित रहेर निर्देशक राजु गिरीले फिल्म ‘मेयर साहेब’ निर्माण गर्ने भएका छन् । मेयर भएपछि बालेनले गरेका कार्यहरुलाई समेटेर आफूले फिल्म निर्माण गर्न लागेको निर्देशक गिरीले घोषणा गरे । फिल्मको लोगो समेत सार्वजनिक गरिएको छ ।

‘बालेनजी मेयर भएपछि उहाँले गरेका सकारात्मक कार्यहरुलाई फिल्ममा समेट्ने छौं । यो फिल्मले देश परिवर्तनमा राम्रो सन्देश दिनेछ भन्ने आशा हामीले राखेका छौं,’ गिरीले भने । फिल्ममा समाजको लागि काम गर्दा उनले भोग्नुपरेका पारिवारिक चुनौतीलाई पनि कथावस्तुमा समेटिने उनले बताए ।

भदौ अन्त्यदेखि छायांकन सुरु हुने बताइएको यो फिल्मका कलाकार तय गर्न बाँकी छ । अहिले प्रि–प्रोडक्सन र पटकथा लेखनको कार्य भैरहेको छ । विनिता फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्ममा विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहनेछ ।

फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । नारायण खाती सिनेमाका सहनिर्माता हुन् । निर्देशक गिरीको अर्को फिल्म ‘नम्बरी सुन’ भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।