अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पाँचौं वार्षिकोत्सव दाङमा सम्पन्न

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको पाँचौं वार्षिकोत्सव दाङमा सम्पन्न

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले आफ्नो पाँचौं वार्षिकोत्सव दाङमा  भव्यतासाथ सम्पन्न गरेको छ। विदेशमा रहेका रोल्पाली हरुलाई सहयोग गर्ने उद्देश्यसहित २०७५ सालमा स्थापना गरिएको यस संस्थाले पाँचौं बसन्त पार गरेको छ। 

बिहीबार दाङको घोराही स्थित माछापुछ्रे होटलमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि पूर्वसभामुख कृष्णबहादुर महरा, विशिष्ट अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओली लगायत जिल्ला स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थित रहेको थियो। 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख कृष्णबहादुर महराले सामाजिक संस्थालाई सांझा संस्थाको रुपमा विकास गरिए सबैको हित हुने बताउनुभयो। उहाँले सामाजिक गतिविधिले समाज रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । आफ्नो चाहना पनि सामाजिक काम गर्ने नै भएको उहाँले बताउनुभयो । उहाँले अहिले राजनीति भन्दा समाजसेवातिर मान्छेको आकर्षण भएको बताउँदै समाज सेवाको रुपमा काम गर्न आएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले रोल्पाली सेवा समाजले विभिन्न समयमा निकै महत्वपूर्ण कार्य गर्दै आएको बताउँदै समाजमा आबद्ध व्यक्तिहरु एकताबद्ध भएर साझा सोच, विचारका साथ आगामी दिनमा अगाडि बढ्दै जानुपर्नेमा जोड दिनुभयो ।

Europass CV in Nepal

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसीले समाजले गरेका सामाजिक गतिविधिप्रति सम्मान व्यक्त गर्दै नेतृत्व विकासलगायतका गतिविधिमा संस्थालाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले पीडितहरूमा मल्हम लगाउन गरेको सहयोग सराहनीय भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले सामाजिक सञ्जालको दुरुपयोग बढेको बताउँदै साइबर सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले अनुमतिबिना कसैको तस्विर नलिन अनुरोध गर्दै साइबर सुरक्षाका विषयमा सबैलाई सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रममा समाजसेवी पदम केसी, रेउघाली समाज समिति दाङका अध्यक्ष श्यामसुन्दर घर्ती मगर, संस्थापक अध्यक्ष सन्दीप थापा, समाजका महासचिव चेतबहादुर डाँगी, बागेश्वरी ट्रष्टका अध्यक्ष चतुरमान डाँगी, नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाका सभापति तिलक रावंतलगायतले बोल्नुभएको थियो ।

सोही अवसरमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले पाँच वर्षको अवधिमा समस्यामा परेका समाजका सदस्य तथा अन्य ब्यक्तिलाई दुई करोड ५० लाख बढी आर्थिक सहायता दिएको जानकारी दिइएको थियो । वार्षिकोत्सवको अवसरमा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीले समाजले गर्दै आएको कामका बारेमा जानकारी गराउँदै हालसम्म १५ देशमा यसको शाखा विस्तार भएको बताउनुभयो । अधिवेशनका अवसरमा मौलिक पञ्जेबाजासहितको प्रभातफेरिले घोराही बजार परिक्रमा गरेको थियो भने कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका प्रवक्ता वकिलबहादुर पुनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार डिबी बुढाथोकीले गर्नुभएको थियो । १५ देशमा शाखा रहेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको केन्द्रीय कार्यालय रोल्पाको लिवाङमा छ ।

Europass CV in Nepal