मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रधानमन्त्री दाहाल तीनदिन कुनैपनि औपचारिक गतिविधिमा सहभागी नहुने

Himali Patrika 1 मिनेट पढाइ

२८ असार, काठमाडौं । पत्नी सीता दाहालको निधन पश्चात यतिबेला  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शोकमा डुबेका छन्। दाहालले आफ्ना औपचारिक कार्यक्रम तीन दिनका लागि स्थगित गर्ने निर्णय गरेका छन्।

बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् । ‘तीन दिनलाई सबै औपचारिक कार्यक्रम स्थगित गरिएको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

उनका अनुसार, समवेदना साट्न आउनेहरुसँग यो अवधिमा बिहान ८ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म भेट हुनेछ । ‘आज पनि समवेदना साट्न आउनेहरुलाई धन्यवाद दिनुभयो, फेरि साँझ हुनेछ’, आचार्यले भने ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।