मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीको पद हस्तान्तरण, अध्यक्षमा प्रकाश खनाल

Himali Patrika 1 मिनेट पढाइ

बुटवल – रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीको ८ औँ पद हस्तान्तरण कार्यक्रम बुटवल स्थित महाराजा रेसोर्टमा सम्पन्न गरिएको छ । बर्ष २०२२/२३ का अध्यक्ष मनोरथ आर्यालले बर्ष २३/२४ का अध्यक्ष प्रकाश खनाललाई पद हस्तान्तरण गरेको उक्त कार्यक्रममा संघीय सांसद मनीष झाको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ठ अतिथि रुपमा निर्वाचित डिआरआर बिक्रम क्षेत्रीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वर्ष २०२२/२३ का अध्यक्ष मनोरथ आर्यालले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे । उनले क्लवमा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र बेस्ट कोर्डिनेटर, रोट्रयाक्ट ऑफ ईयर, एक्टिभ मेम्बर लगायतलाई अवार्ड समेत प्रदान गरेका थिए ।

सो अवसरमा बाेल्दै कार्यक्रमका प्रमुख अतिथी संघीय सांसद मनीष झाले नवनिर्वाचित सबै पदाधिकारीसहित सदस्यहरूलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । अहिले सम्म तीनौ बुटवलले निक्कै राम्रो काम गरेको र अबको नयाँ टिमबाट पनि उपलब्धि मूलक काम हुने आशा लिएको उनले धारणा राखेका थिए ।

बुटवलमा रहेको रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीले विभिन्न स्थानहरुमा सामाजिक कार्यहरु गर्दै आईरहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको क्षेत्रमा आफ्नो स्थानबाट सकेको योगदान प्रदान गर्दै आईरहेकोसो संस्थाले युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपुर्ण कार्य गर्दै आईरहेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।