मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अखिल (क्रान्तिकारी) काे आयाेजनामा घाेराहीमा फुटसल प्रतियोगिता शुरू

Himali Patrika 1 मिनेट पढाइ

घाेराही । अखिल (क्रान्तिकारी) दाङ, महेन्द्र बहुमुखी क्याम्पस इकाइ कमिटीकाे आयाेजना घाेराहीमा फुटसल प्रतियोगिता शुरू भएकाे छ ।

तीन दिन सम्म चल्ने प्रतियोगितामा ११ टिमले भाग लिने इकाई अध्यक्ष प्रशान्त पाेख्रेलले जानकारी दिनुभयाे । विद्यार्थीहरूकाे शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आगामी दिनमा यस्ता थुप्रै खेलकुद कार्यक्रम आयाेजना गरिने उहाँले बताउनुभयाे ।

खेलकाे उद्घाटन माओवादी केन्द्र दाङकम सचिव विश्वराज आचार्य र महेन्द्र बहुमुखी क्याम्पका प्रमुख भरतराज न्याैपानेले बल हस्तान्तरण गरेर गर्नुभएको थियाे ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का लुम्बिनी प्रदेश सदस्य प्रतीक अधिकारी, अखिल (क्रान्तिकारी) दाङ संयाेजक गिरबहादुर महरा, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा, स्ववियु सभापति मनाेज डिसी, अखिल क्रान्तिकारीका नेताहरू हिमाल महरा, गाेविन्द मल्ल, प्रेस सेन्टर दाङका सचिव जनक नेपाली, विप्लव सम्बद्ध अखिल क्रान्तिकारीका नेता दीपक केसी, युवा नेता अर्जुन पन्थी लगायतकाे उपस्थित रहेकाे थियाे ।

कार्यक्रमकाे सञ्चालन झकेन्द्र परियारले गर्नुभएको थियाे ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।