मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बेलायती महारानीबाट उपहारमा प्राप्त राजा वीरेन्द्रको बग्गी प्रदर्शनीमा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ– ज्यभिषेकमा प्रयोग गरेको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ । नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो ।

बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उक्त बग्गी उपहार दिएकी थिइन् । स्वर्गीय राजा वीरेन्द्रले विसं २०३१ मा सोही बग्गीमा सवार भएर राज्यभिषेक गरेका थिए ।

बेलायती महारानी एलिजाबेथले राजा वीरेन्द्रलाई उपहार दिएको त्यो बग्गी

बेलायती महारानी एलिजाबेथले तत्कालीन राजा वीरेन्द्र शाहलाई उपहारस्वरूप दिएको गोल्डेन बग्गी आज सोमबारदेखि नारायणहिटी दरबार संग्रहालयमा राखिएको छ। राजाले प्रयोग गर्न छाडेपछि उक्त बग्गी नेपाली सेनाले क्यावलरीमा राखेको थियो। लामो समय सेनाले राखेको उक्त बग्गी सरकारले सर्वसाधारणले हेर्न पाउने गरी संग्रहालयमा राखेको हो।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले दरबार संग्रहालयमा राखिएको बग्गीको उद्घाटन गरेका थिए। संग्रहालयमा राखिएको उक्त बग्गीलाई एक कोठामा राखिएको छ।

हनुमानढोका संग्रहालयका सूचना अधिकारी बुद्धि गुरुङले ०३१ सालमा राजा वीरेन्द्र सोही बग्गी चढेर हनुमानढोका हुँदै नारायणहिटीसम्म पुगेको बताए। त्यतिवेला नै बेलायती महारानी एलिजाबेथले सो बग्गी राजा वीरेन्द्रलाई उपहार दिएकी थिइन्। बग्गीबारे अन्य विवरण थाहा नभएको सूचना अधिकारी गुरुङले बताए। उनले भने, ‘०३१ सालतिर बेलायती महारानीले बग्गी उपहार दिएकी हुन्। केही समय राजा वीरेन्द्रले प्रयोग गरेका थिए। राजाको मृत्युपछि बग्गी सेनाले राखेको थियो।’

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।