मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

मीनबहादुरलाई दुई करोड ४६ लाख धरौटीमा छाड्न आदेश

Himali Patrika 1 मिनेट पढाइ

ललिता निवास प्रकरणमा काठमाडौं जिल्ला अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङलाई धरौटीमा छाड्न आदेश दिएको छ।

आइतबार अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त आदेश दिएको स्रेस्तेहार कोशलेश्वर ज्ञवालीले जानकारी दिए। उनीसँगै अनय १७ जनालाई पनि छाडेको हो।

उनीसँग दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ।

आइतबार नै यस प्रकरणमा थुनछेक बहस गर्न सकिएको थियो।

सरकारी वकिल कार्यालय काठमाडौंले ललिता निवास प्रकरणको मुद्दा भदौ १० गते दर्ता गरेको थियो। सरकारी कागजात किर्ते गरेको कसुरमा मुद्दा दायर भएको थियो।

यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २८९ जनालाई प्रतिवादी बनाएको थियो। २१ जना प्रतिवादीको भने मृत्यु भइसकेको भन्दै नाम उल्लेख गरी मुद्दा दायर गरेको हो।

यस प्रकरणमा अदालतमा प्रतिवादीका तर्फबाट ५० जना कानुन व्यवसायीले बहस गरेका थिए। सरकारी वकिलका तर्फबाट ८ जनाले बहस गरेका थिए।

जवाफी बहसको क्रममा दुई जना सरकारी वकिलले मात्रै बहस गरेका हुन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।