मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बुबाको सपना पूरा गर्न लागिरहने छु : सुहाङ नेम्वाङ

Himali Patrika 1 मिनेट पढाइ

संविधानसभा अध्यक्ष स्व. सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले आफू बुबाको सपना पूरा गर्न लागिरहने बताएका छन् । राजनीतिमा अवसर पाउनुपर्छ भनेर आफूले नठानेको बताएका सुहाङले बुबाको सपना पूरा गर्न भने लागिरहने बताएका हुन् ।

मंगलबार एमाले इलामले आयोजना गरेको श्रद्धाञ्जली सभामा सुहाङले आफ्ना बुबा सधैँ लवकतन्त्र र बहुदलीय प्रतिस्पर्धाको हिमायती भएको स्मरण गरे । स्व. नेम्वाङले सधैँ लोकतन्त्र, संविधान र कानुनको शासन मजबुत होस् भन्ने चाहेको सुहाङले बताए ।

आफ्ना बुबाको मृत्युपछि आर्यघाटसम्मको व्यवस्थापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र राजकीय सम्मानका लागि सरकारलाई उनले धन्यवाद दिए ।

राजनीतिक परिवारमा जन्मेकै कारण अवसर पाउनुपर्छ भनेर आफूले नसोच्ने सुहाङको भनाइ छ । तर, बुबाको सपना पूरा गर्न भने लागिरहने उनले बताए ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।