मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

यस कारण अरुणाचल प्रदेशका ३ खेलाडीलाई चीनले दिएन भिसा

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं । भारतको अरुणाचल प्रदेशलाई आफ्नो भूमि दाबी गर्दै नक्सा प्रकाशित गरेको चीनले भारतका तीन खेलाडीलाई भिसा दिन अस्वीकार गरेको छ ।

एसियाली खेलकुदमा भारतको प्रतिनिधित्व गर्दै हाङचाओ जान लागेका उसु खेलाडीलाई चीनले भिसा नदिएको हो । खेलाडीहरु अरुणाचल प्रदेशका बासिन्दा भएको बताइएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतीय नागरिकलाई जातीय तथा क्षेत्रगत आधारमा भेदभाव गरिएको टिप्पणी गरे ।

चीनले जानी-जानी यस्तो कदम चालेको भन्दै उनले कूटनीतिक रुपमा विरोध जनाइएको बताए । भारतले यसलाई एसियाली खेलकुद भावनाको उल्लंघन भनेको छ । केन्द्रीय मन्त्री किरण रिजि-जुले पनि ट्विट गर्दै खेलाडीलाई भिसा नदिइएको विषयको कडा निन्दा गरेका छन् । उसुका खेल पर्सीदेखि सुरु हुँदै छ ।

बेइजिङमा आज आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले कानुनी कागजात भएका सबै मुलुकका खेलाडीलाई चीनले हाङचोउमा स्वागत गर्ने बताइन् ।

गत जुलाईमा पनि ती खेलाडीलाई चीनले भिसा दिएको थिएन, जसका कारण छेङदुमा आयोजित उसु प्रतियोगिताबाट भारतका आठै खेलाडीले नाम फिर्ता लिएका थिए । चीनले सन् २००० को मध्यतिरबाटै अरुणाचल प्रदेशका नागरिकलाई भिसा दिन अस्वीकार गर्दै आएको थियो । २०१४ मा गरेको भारत भ्रमणका बेला पनि चिनियाँ विदेशमन्त्री वाङ यीले सीमाका विषयमा कुनै सम्झौता नगर्ने बताएका थिए । त्यसको जवाफमा भारतले आफ्नो दस्तावेजमा ‘एक चीन’ नीति उल्लेख गर्न छाडेको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।