मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

तिनाउ सिटीको आठौ स्थापना दिवस सम्पन्न

Himali Patrika 1 मिनेट पढाइ

२७ असोज, बुटवल । रोट¥याक्ट क्लब अफ तिनाउ सिटीले आफ्नो स्थापनाको आठौ बर्षगाँठ मनाएको छ। क्लब स्थापना भएको १३ अक्टोबरका दिन तिलोत्तमा मगंलापुरमा रहेको सिर्जनशिल नेपाल बाल गृहमा आश्रीत रहेका १७ जना बालबालिका लागि खाना, स्टेशनरी, खेलकुद तथा नगद सहितको सहयोग वितरण गरिएको थियो ।

सामाजिक तथा यूवाहरुको नेतृत्व विकासका लागि रोटरी अभियानमा रहेको संस्थाले विभिन्न किसीमका गतिविधी संचालन गदै आएको छ । स्थापना दिनको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी डि आ आर ईलेक्ट बिक्रम क्षेत्री ले तिनाउसिटी रोट¥याक्ट स्थापना भए पश्चात रोटरी अभियानमा तिनाउ सिटी सधै अब्बल रहेको कुरा प्रष्टयाउनु भएको थियो ।

उक्त कार्यक्रममा रोटयाक्ट क्लब बुटवल साउथका अध्यक्ष सुविन खड्का, मणिग्रामका संस्थापक अध्यक्ष कृष्ण प्रसाद बस्याल, जेडआरआर निराजन अर्याल पूर्व अध्यक्ष अनुप पाण्डे, रोटरी बुटवल साउथ अध्यक्ष शारदा पौडेल, संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी लगयात ले बोल्नु भएको थियो । कार्यक्रमको अध्यक्षता प्रकाश खनाल तथा संचालन आयूस सुवेदी ले गर्नु भएको थियो ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।