मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सामाजिक स्वच्छता आजको आवश्यकता : देवकोटा

Himali Patrika 1 मिनेट पढाइ

दाङ– राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सामाजिक स्वच्छता आजको आवश्यकता रहेको बताउनुुभएको छ । स्वच्छ नेपालले आयोजना गरेको बिजयादशमी अवसरमा आयोजित शुुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले चार्डपर्वका नाममा पछिल्लो समय समाजमा बिकृति पैदा हुुदै गइरहेकाले सामाजिक स्वच्छता र संरचना समेत बिग्रिदै गइरहेकाले सामाजिक स्वच्छता आजको आवश्यकता रहेको बताउनुुभएको छ ।

स्वच्छ नेपालकी अध्यक्ष बिन्दु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथि राष्ट्रियसभा सदस्य देवकोटाले चार्डपर्वका नाममा नेपाली समाज भड्किलो बन्दै गइरहेको टिप्पणी गर्नुुभएको थियो । जसका कारण हरेक क्षेत्रको स्वच्छता नेपाली समाजको बर्तमान आवश्यकता रहेको बताउनुुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले नेपाली समाजको मौलिक पर्व र परम्पराहरु बिस्तार फेरिदै गइरहेको बताउनुुभएको छ । मौलिक पर्व र परम्परा फेरिदा नेपालीपन समेत विस्तारै ओझेलमा परेको उहाँको भनाई थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज निर्मल आचार्यले चार्डपर्वले सामाजिक सद्भावलाई जोड्दै हरेक धर्म संस्कृति र परम्पराबिच सद्भाव कायम राख्नुुपर्ने बताउनुुभयो ।

स्वच्छ नेपालकी महासचिव रेखा शर्माको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा नेपाली काँग्रेस घोराही उपमहानगर कमिटिका अध्यक्ष तिलक रावत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य लगायतकाले शुुभकामना मन्तव्य व्यक्त गर्नुुभएको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।