मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

हेलिकप्टर दुर्घटनामा घाइते पाइलट सेढाईँको उपचारका क्रममा निधन

Himali Patrika 1 मिनेट पढाइ

काठमाण्डाै – मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाईँको उपचारका क्रममा निधन भएको छ । असोज २७ गते शनिवार हेलिकप्टर दुर्घटनामा परि घाइते भएका उहाँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको मनाङ एअरले जनाएको छ । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।

सेढाईँलाई काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार हुन नसकेपछि मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाईँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो ।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।