मुख्य सामग्रीमा जानुहोस्
Sunday, 27 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

जिल्ला फोटोग्राफर एसोसिएसन दाङको ८ औं अधिवेशन सम्पन्न, अध्यक्षमा चौधरी 

Himali Patrika 1 मिनेट पढाइ

घोराही। दाङ जिल्ला फोटोग्राफर एसोसिएसनले आफ्नो १५ औं साधारणसभा तथा  ८ औं अधिवेशन  शनिवार लमहीमा सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त अधिवेशनमा दुर्गा प्रसाद चौधरीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

एसोसिएसनले आयोजना गरेको यस ८ औं अधिवेशनले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै विभिन्न पदाधिकारीहरूको निर्वाचन सम्पन्न भएको छ। उपाध्यक्षहरूमा नारायण बिक, हिमाल महरा, र कृष्ण प्रसाद पन्थी छन्, महासचिवको रूपमा लक्ष्मण न्यौपाने, सचिवमा मीन सुनार, र कोषाध्यक्षमा विष्णु न्यौपाने निर्वाचित भएका छन्।

समितिका सदस्यहरूमा पहल बुढाथोकी, पहल सिंह बुढा मगर, मदन डाँगी, एम बहादुर आर.सी.(सागर), डिल्लिराज पोख्रेल, अनुप कुमार चौधरी, मनिराम बेल्बासे, गरिकुमार चौधरी र दिपल चौधरी रहेका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।