काठमाडौं- दुर्गा प्रसाईंको नेतृत्वमा चलिरहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का समर्थक ट्याक्सी व्यवसायी संघका अध्यक्ष सानू पुर्वाछाने मगर प्रहरीको हिरासतमा परेका छन्।
यो आन्दोलन मंसिर ७ गतेदेखि शुरु भएको हो। आन्दोलनका यातायात व्यवस्थापक तथा प्रदेश २ का संयोजक मगरलाई प्रहरीले गौशालाबाट हिरासतमा लिएको हो।
सोमबार गौशालामा प्रदर्शन गर्दै आएका प्रसाईंका समर्थकहरूले प्रहरीमाथि ढुंगामुढा गरेको भन्ने आरोप लागेको छ। त्यसैले प्रहरीले सोमबार १५ जना र आज १ जनालाई जम्मा १६ जनालाई हिरासतमा लिएको छ।