मुख्य सामग्रीमा जानुहोस्
Friday, 23 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

भारतीय टेलिशृंखला ‘सिआइडी’ का कलाकार दिनेश फडनिसको निधन

Himali Patrika 1 मिनेट पढाइ

भारतीय टेलिशृंखला ‘सिआइडी’ का कलाकार दिनेश फडनिसको निधन भएको छ। मंगलबार मुम्बईस्थित तुंगा अस्पतालमा उनको निधन भएको हो। उनको निधन भएको खबर सिआइडीमा दयाका भूमिकामा देखिने दयानन्द शेट्टीले पुष्टि गरेका हुन्।

‘दिनेश लामो समयदेखि बिमार थिए। उनलाई हृदयाघात भएको थिएन। तर स्वास्थ्यमा समस्या देखिएको थियो। मल्टिपल अर्गन फेल भएको कारण उनको निधन भएको हो,’ उनले भने।

उनको अन्तिम संस्कार दौलत नगर श्मशान गृह, बोरिवली पूर्वमा गरिने भएको छ। गतशुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।दिनेशले ‘सिआइडी’ सँगै अन्य टेलिशृंखला र फिल्ममा अभिनय गरेका छन्।

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।