सत्ता गठबन्धनमा तीन मन्त्रालयको नाम फाइनल, अर्थमा वर्षमान, गृहमा रवि र परराष्ट्रमा नारायणकाजी

सत्ता गठबन्धनमा तीन मन्त्रालयको नाम फाइनल, अर्थमा वर्षमान, गृहमा रवि र परराष्ट्रमा नारायणकाजी

काठमाडौं– सत्ता गठबन्धनमा तीन मन्त्रालय पाउने मन्त्रीहरूको नाम फाइनल भएको छ ।माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठाइने भएको छ ।

यस्तै रास्वपाका गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिएको छ ।यस्तै गठबन्धनको सहमति अनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ । माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने बताइए पनि आधिकारिक निर्णय आएको छैन । आजै ५ बजे नयाँ मन्त्री सपथ ग्रहण गर्ने छन् ।

एमालेले पनि  टुंग्यायो मन्त्रीहरु, मन्त्रालय टुंगिन बाँकी

Europass CV in Nepal

नेकपा एमालेले मन्त्रीहरुको नाम टुंग्याएको छ । सत्ता गठबन्धनका नेताहरुले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरुका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् । महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक प्रचण्ड सरकारमा मन्त्री भएका थिए ।

रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ । रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो । पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।

Europass CV in Nepal