मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

युट्युबर भोजराज थापालाई कारवाही गर्न  नेपाल चिकित्सक संघको माग

Himali Patrika 1 मिनेट पढाइ

१ चैत, घोराही।  बुधबार उपचारको क्रममा ९ वर्षीय बालकको मृत्यु भएपछि दाङ घोराहीस्थित बुद्ध इन्टरनेसनल अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ। अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर  अस्पतालमा तोडफोड गरी क्षति पुर्याउने र भिडियो सामग्री प्रसारण गर्ने युट्युबरलाई कारवाही  गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

नेपाल चिकित्सक संघले एक विवादास्पद भिडियो सामग्री प्रकाशनको विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकारिता आचारसंहिताको गम्भीर उल्लंघन भएको भन्दै कडा कारबाहीको माग गरेको छ।

युट्युबर भोजराज थापाले  दाङको बुद्ध इनटरनेशनल अस्पतालमा बालकको  मृत्यु भएको घटनालाई “टन्सिलको उपचार गर्दा मान्छे नै मार्यो” शीर्षक अन्तर्गत भिडियो  प्रकाशित गरेपछि मृतकका आफन्त झन् आक्रामक भएका थिए ।

नेपाल चिकित्सक संघका महासचिव, डा. सन्जिब तिवारीले जारी गरेको विज्ञप्तिमा यस प्रकारको समाचार प्रकाशनले स्वास्थ्यकर्मीहरू तथा चिकित्सकहरूको आत्मसम्मान र मनोबलमा गम्भीर असर पारेको र यसले स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव पार्ने भएकाले चिन्ता व्यक्त गरिएको छ।

प्रेस काउन्सिल नेपाललाई लक्षित गर्दै गरिएको अनुरोधमा, संघले यस प्रकारको गैरजिम्मेवार क्रियाकलापमा संलग्न भएको  “मेचीकाली खबर” का पत्रकार भोजराज थापाविरुद्ध हदैसम्मको कानूनी कारवाही गर्न  अनुरोध गरिएको छ।  

संघले काउन्सिल लेखेको पत्रमा उपचारको क्रममा कुनै त्रुटि हुँदा कानूनी प्रक्रिया अवलम्बन गर्न सकिने भए तापनि अस्पताल जस्तो संवेदनशील क्षेत्रमा कुनै ठोस प्रमाण बिना नै भिडियो सामग्री प्रकाशित गर्नु पत्रकारिताको आधारभूत मान्यता र आचारसंहिता विपरित रहेको छ।

यस विषयमा थप छानबिन तथा कारबाहीको लागि सम्बन्धित निकायहरूसँग समन्वय गरिने जानकारी संघले दिएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।