माबी सौडियारको निमित्त प्रधानाध्यापकको जिम्मेवारी वलिलाई

माबी सौडियारको निमित्त प्रधानाध्यापकको जिम्मेवारी वलिलाई

दाङ । घोराही ७ सौडियारको जेठाे बिद्यालय माबी सौडियार बिद्यालयको निमित्त प्रधानाध्यापकको जिम्मेवारी सोही बिद्यालयमा कार्यरत शिक्षक नन्दबहादुर वलिलाई प्रदान गरिएको छ । बिद्यालय ब्यबस्थापन समितिको आज बिद्यालयमा बसेको बैठकले माबी तहमा कार्यरत शिक्षक वलिलाई सो जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षतामा बसेको बैठकले अर्को ब्यबस्था नभए सम्मका लागि आजको मितिदेखि लागु हुने गरि निमित्त प्रअको जिम्मेवारी दिदै बधाईसहित शुभकामना दिएको छ । आउने बैशाख १८ गते अनिबार्य अबकाशमा जान लाग्नु भएका बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम र सहायक प्रधानाध्यापक यमलाल रिजालले शारिरिक अस्वस्थताका कारणले राजिनामा दिएपछि बिद्यालयको कार्य सम्पादनमा असहजता थपिएका कारण तत्कालको लागि निमित्त प्रअमा वलिलाई जिम्मेवारी दिएर बिद्यालयलाई गती दिईएको माबी सौडियारका शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कुवरले बताए।

कुवरले नयाँ निमित्त प्रअले आउदै गरेको नयाँ शैक्षिक शत्रको भर्ना अभियानलाई ब्यबस्थित र चुस्त दुरुस्त राख्दै बिद्यालयको शैक्षिक अबस्थालाई परिबर्तन गर्ने बिश्वास लिईएको पनि बताए । निमित्त प्रअको जिम्मेवारी पाएका वलिले आफुलाई बिस्वास गरेर बिब्यसले नयाँ जिम्मेवारी थपिदिएकोमा धन्यवाद दिए । उनले सबैलाई मिलाएर लैजाने र सबैले अनुभुती हुने गरि बिद्यालयको शैक्षिक मुहार परिबर्तन गर्न आफु दत्त चित्त भएर लाग्ने पनि बताए ।

Europass CV in Nepal

Europass CV in Nepal