मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

सार्वजनिक यातायातमा हुनसक्ने यौन हिंसाबारे सचेतना फैलाउदै इप्रका अमिलिया 

Himali Patrika 1 मिनेट पढाइ

२४ चैत, दाङ । दाङ, लमही नगरपालिका वडा नं. ९, अमिलिया स्थित पुर्व पश्चिम राजमार्गमा आज प्रहरी टोलीले सार्वजनिक यातायातमा हुन सक्ने यौन हिंसा न्युनिकरणको लागि प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको  छ।

इलाका प्रहरी कार्यालय अमिलियाले  प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीको नेतृत्वमा ५ जनाको प्रहरी टोलीले सार्वजनिक यातायातका सवारी साधन  रोकी यात्राका क्रममा हुन सक्ने सम्भावित यौन हिंसा सम्बन्धि सचेतना फैलाउने काम गरेको छ।

कार्यक्रममा सवारी साधनहरूमा हुन सक्ने यौन हिंसा र कारबाहीका बारेमा जानकारी दिने गरी सवारी यात्रुहरूलाई र सार्वजनिक सवारी साधनका चालकहरूलाई प्रशिक्षण दिएको प्रहरी प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकी जानकारी दिनुभयो।

सचेतना फैलाउने क्रममा, मुलुकी फौजदारी ऐन २०७४ बमोजिम कारबाही गरिने र कहाँ कसरी उजुरी गर्ने, सवारी यातायात आचार संहिता सम्बन्धी व्यवस्थामा उल्लेख गरिएका कुराहरू सवार यात्रुहरू तथा चालक/ सह-चालकहरूलाई जानकारी दिएको थियो।

यसैगरी सवारी यातायात आचार संहिता सम्बन्धी व्यवस्थामा उल्लेख गरिएका कुराहरू सवार यात्रुहरू तथा चालक/ सह-चालकहरूलाई जानकारी समेत दिएको निरीक्षक बुढाथोकीले बताउनु भयो  ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।