दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुलुककै उत्कृष्ट रहेको ज्येष्ठ नागरिक सेवा थप गरिएको छ । ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै प्रतिष्ठानले नेपालकै पहिलो ज्येष्ठ नागरिक रोग विशेषज्ञको ब्यवस्था गर्दै छुट्टै ओपिडी सेवा पनि सञ्चालनमा ल्याएको छ । जेष्ठका नागरिक प्रभावकारी बन्दैक रोग विशेषज्ञ डा. रमेश कँडेलको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी र नर्सको ब्यवस्था गरेर प्रतिष्ठानले सो सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । कडेल हाल प्रतिष्ठानको कामु निर्देशकको जिम्मेवारीमा पनि हुनुहुन्छ । नेपालकै एक मात्र अस्पताल प्रतिष्ठानमा ज्येष्ठ नागरिक ओपिडीसहीत १२ बेडको वार्ड पनि सञ्चालनमा ल्याएको प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जानकारी दिनु भयो ।
लम्सालले ज्येष्ठ नागरिकको उपचारमा टेवा पुर्याउने उद्देश्यले हाल प्रतिष्ठानमा टोकन सिस्टम पनि सुरुवात गरिसकेको छ भने फार्मेसीमा पनि ज्येष्ठ नागरिकलाई औषधि लिनका लागि छुट्टै झ्यालको ब्यवस्था गरिएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार ६० वर्ष देखी ६९ वर्षसम्मका ५ हजार ८३ जना महिला र ४ हजार ३४ जना पुरुष ज्येष्ठ नागरिकहरूले ओपिडी सेवा लिएका छन् भने ७० वर्ष भन्दा माथिका ५ हजार १६ जना महिला र ४ हजार ६ सय ८९ पुरुष ज्येष्ठ नागरिकले ओपिडी सेवा प्राप्त गरेका छन् । त्यस्तै ६० वर्ष भन्दा माथिका ५ हजार ४ सय २८ जना ज्येष्ठ नागरिकहरू उपचारका लागी भर्ना भई सेवा लिएका छन् ।
जसअनुसार ओसिएमसि ७ जना, सर्जरी सेवा १ हजार २३ जना, प्रसूति सेवा २ हजार ७ सय ३४ जना, अर्थोपेडिक सेवा ५ सय ६५ जना, दन्त सेवा १ जना, नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा १ सय ५४ जना, युरोलोजी सेवा ७८ जना, मानसिक रोग विशेषज्ञ सेवा ५३ जना, अन्य सेवा १ जना, मेडिसिनको सेवा ७ सय ४० जना, वाल रोग विशेषज्ञ सेवा ३२ जना, एमडिजिपि ३४ जना, आँखा रोग विशेषज्ञ सेवा ६ जना भर्ना भई उपचार सेवा लिएका छन् ।
६० वर्ष भन्दा माथिका ६३ हजार ८ सय ४० जना ज्येष्ठ नागरिकहरूले ओपिडीबाट विशेषज्ञ सेवा पाएका छन् । जसअनुसार ओसिएमसी सेवा २८ जना, अर्थोपेडिक सेवा ८ हजार ३ सय ८३ जना, छाला रोग विशेषज्ञ सेवा ३ सय ८४ जना, नाक, कान घाटी रोग विशेषज्ञ सेवा ३ हजार ५ सय ५४ जना, प्रसूति सेवा ४ सय २९ जना, मानसिक रोग विशेषज्ञ सेवा १ हजार ३ सय २२ जना, रेडियोलोजी सेवा ८४ जना, दन्त सेवा १ हजार ४ सय ९३ जना, आँखा रोग विशेषज्ञ सेवा ५ हजार ३ सय ३९ जना, जेनरल सर्जरी सेवा ४ हजार ४ सय १६ जना, संस्थागत क्लिनक १ जना, अन्य सेवा अन्तरगत ६ सय ३५ जना, युरोलोजी सेवा १ हजार ८ सय २७ जना, अन्य विभागीय सेवा ६ जना, मेडिसिन तथा ज्येष्ठ नागरिक ओपिडी वार्डवाट २१ हजार ५ सय ४ जना, वाल रोग विशेषज्ञ सेवा ३ हजार ६ सय ३५ जना, फिजियोथेरापी सेवा ७ जना, दन्त सेवा फलो अप १ जना, इमर्जेन्सी सेवा ९ हजार १ सय ६३ जना र एमडिजीपि सेवातर्फ १ हजार ६ सय २९ जनाले ओपिडी सेवा लिएका छन् । यो सेवाग्राहीको संख्या गएको साउनदेखि फागुन मसान्त सम्मको हो ।
स्वास्थ्य मन्त्रालयद्वारा प्रतिष्ठानलाई जेरीयाट्र«ीकको विशिष्टकृत अस्पतालकोरुपमा सुचिकृत हुनेगरी प्रकृया सुरु
यसैबीच स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानमा सञ्चालित जेष्ठनागरिक वार्डलाई थप सुविधा सम्पन्न बनाउने गरी आवश्यक प्रक्रिया सुरु गरेको छ । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कँडेलले मन्त्रालयले जेष्ठनागरिकको विशिष्टीकृत अस्पतालहरूमा सूचिकृत हुने प्रक्रिया सुरु गरिसकेकाले निकट भविष्यमा यो कार्यले पनि सफलता पाउने बताउनु भयो ।
जेष्ठ नागरीकलाई लक्षित गर्दै प्रतिष्ठानले एमडि गरीसकेको चिकित्सकका लागी ‘जेष्ठ नागरीक फेलोसीप’
त्यस्तै प्रतिष्ठानले जेष्ठनागरिक विधामा फेलोसिपको कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले जेष्ठनागरिकको उपचारमा थप संवेदनशिल हुँदै अस्पतालले पाठ्यक्रम नै बनाएर जेष्ठनागरिक फेलोसिपको कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । एमडी गरिसकेका चिकित्सकहरूलाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको उहाँले बताउनु भयो । मुलुकमा जेष्ठनागरिकको संख्या बढ्दै गएकाले अस्पतालमा उपचारको थप सुविधा सम्पन्न बनाउन र जेष्ठनागरिक विशेषज्ञ आवश्यकता धेरै नै भएको त्यसको परिपूर्ति गर्न प्रतिष्ठानले आफै नै पाठ्यक्रम बनाई स्वीकृत गराएर जेष्ठनागरिक फेलोसिपको कार्यक्रम सञ्चालनमा ल्याइएको रजिष्ट्रार लम्सालले बताउनु भयो ।