मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

दाङको बिजी मोबाइल सेन्टर, किस्ताबन्दीमा मोबाइल बेच्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट

Himali Patrika 1 मिनेट पढाइ

९ साउन, घोराही।  दाङको घोराही न्युरोडमा संचालनमा रहेको बिजी मोबाइल सेन्टर किस्ताबन्दीमा मोबाइल बेच्नेमा लुम्बिनी प्रदेशकै उत्कृष्ट बनेको छ। उक्त मोबाइल पसलले एक वर्षको अन्तरालमा २०० वटा सामसुङ कम्पनीका मोबाइल किस्ताबन्दीमा बेचेर लुम्बिनी प्रदेशमै सबैभन्दा बढी मोबाइल किस्ताबन्दीमा बेच्ने मोबाइल पसल बनेको हो।

बिजी मोबाइलका सञ्चालक गगन केसीका अनुसार, हाल आफ्नो पसलले सामसुङ कम्पनीका विभिन्न मोडलका फोनहरू शून्य प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ। उनका अनुसार, ग्राहकले नागरिकताको फोटोकपि र एक प्रति फोटो लिएर आए सजिलै किस्ताबन्दीमा मासिक किस्ता तिर्ने गरी मोबाइल फोन उपलब्ध गराउने जानकारी गराए।

पछिल्लो समय युवा पुस्तामा सामसुङ कम्पनीका उच्च प्रविधिका फोनहरू किस्ताबन्दीमा बिक्री भैरहेको बताए। कागजात सम्पूर्ण पुर्याउन सके तुरुन्तै मोबाइल  उपलब्ध गराउन सकिने सञ्चालक केसीले जानकारी गराए। हाल सामसुङ कम्पनीका मोबाइल मात्र किस्ताबन्दीमा उपलब्ध भए तापनि भविष्यमा अन्य कम्पनीका मोबाइलहरूमा पनि उक्त सेवा उपलब्ध गराउने योजना रहेको सञ्चालक केसीले बताए।

केसीले थपे कि, बिजी मोबाइल सेन्टरले ग्राहकहरूको सन्तुष्टिलाई उच्च प्राथमिकता दिन्छ र तिनीहरूको आवश्यकता अनुसार विभिन्न किस्ताबन्दी योजनाहरू प्रस्ताव गर्न तत्पर छ। मोबाइल खरिदको प्रक्रियालाई सरल र सुविधाजनक बनाउने उद्देश्यले, पसलले विभिन्न अफरहरू र छुटहरू पनि प्रदान गर्दै आएको छ। ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उनीहरूलाई अझ राम्रो सेवा दिन प्रेरित गरेको बताउँदै, भविष्यमा अझ प्रभावकारी योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गरे।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।