आश्मा कुमारी केसीलेको पोल्टामा मिस नेपाल वर्ल्डको उपाधि

आश्मा कुमारी केसीलेको पोल्टामा मिस नेपाल वर्ल्डको उपाधि

काठमाडौं। आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई विजेता घोषित गरिएको हो।

मिस नेपाल अर्थको उपाधि सुमना केसीले जितिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हासिल गरिन्।

अन्य विधाहरूमा श्रद्धा सिलवालले मिस फोटोजेनिक, आश्मा कुमारी केसीले फेस अफ द ईयर, दिक्षा अवस्थीले मिस इन्टलेक्चुअल, सुमना केसीले ब्युटी विथ अ पर्पोज र कृति श्रेष्ठले वुमन विथ विंग्सको उपाधि जिते। हरेक विधाका विजेताहरूले २५-२५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

Europass CV in Nepal