दाङ जिल्ला फोटोग्राफर एशोसियसनले १८५औं विश्व फोटोग्राफी दिवसको अवसरमा मानव सेवा आश्रम, तुलसीपुर, दाङमा फलफूल तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरेको छ। यस अवसरमा, संस्थाले चामल, तेल, र विभिन्न खाद्य सामग्रीहरू आश्रमलाई प्रदान गरेको थियो। फोटोग्राफी दिवसको अवसरमा बिगतका वर्षहरूमा रक्तदान, सरसफाई लगायतका सामाजिक सेवाका कार्यहरू गर्दै आएको संस्थाले यस पटक पनि मानवीय सेवामा योगदान पुर्याएको छ।
कार्यक्रममा दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष, कार्यसमितिका पदाधिकारीहरू, सल्लाहकारहरू, तुलसीपुर शाखा अध्यक्ष, र लमही शाखा सचिवको राम्रो उपस्थिति रहेको थियो। अध्यक्ष दुर्गा प्रसाद चौधरीले संस्थाको उद्देश्य र महत्वको बारेमा प्रकाश पार्दै, मानव सेवा आश्रम तुलसीपुरका संयोजकलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरे।
दाङ जिल्ला फोटोग्राफर एशोसियसनले लामो समयदेखि सामाजिक सेवाका विभिन्न गतिविधिहरू गर्दै आएको छ, र यस पटकको वितरण कार्यक्रमले पनि संस्थाको सामाजिक उत्तरदायित्वलाई प्रष्ट पारेको छ। कार्यक्रमले आश्रममा रहेका व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा सहयोग पुर्याउनुका साथै समाजमा संस्थाको सकारात्मक छवि निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।