अखिल (क्रान्तिकारी) दाङको सम्मेलन: मल्लको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिती

अखिल (क्रान्तिकारी) दाङको सम्मेलन: मल्लको अध्यक्षतामा ६१ सदस्यीय कार्यसमिती

दाङ – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन, अखिल (क्रान्तिकारी) दाङको २३ औं जिल्ला सम्मेलन घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ।

“शिक्षा, स्वास्थ्य र रोजगारीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा २३ औं जिल्ला सम्मेलन” नारासहित सम्पन्न भएको उक्त सम्मेलनले गोविन्द कुमार मल्लको अध्यक्षतामा ६१ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको चयन गरेको छ।

नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षहरू रानचन्द्र बुढामगर, भरत भुसाल, मधुसुदन गिरि, र भुपेश खत्री हुनुहुन्छ भने सचिवको जिम्मेवारी हिरालाल ओलीलाई दिइएको छ।

Europass CV in Nepal

सह-सचिवमा प्रसान्त पोखरेल, बिनोद सोनी, संगिता चौधरी, र निक्कु बिस्वकर्मा चयन हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी नवीन केसीले सम्हाल्नुभएको छ, साथै कार्यालय सदस्यहरूमा बोधराज बिस्वकर्मा, आकाश यादव, र रमा चौधरी रहनुभएको छ। यस्तै, विष्णु गोराथोकीलाई जिल्ला प्रवक्ता र यमेसन चौधरीलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले सम्बोधन गर्नुभएको थियो । उहाँले उत्पादनमूलक र व्यवहारिक शिक्षा प्रणालीको महत्त्वमा जोड दिंदै, नेपाली विशेषताको समाजवादलाई अघि बढाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रका विविध समस्याहरूको समाधान वैज्ञानिक समाजवादमै सम्भव रहेको भन्दै विद्यार्थीहरूलाई संगठनमा संगठित भएर अघि बढ्न आह्वान गर्नुभयो।

कार्यक्रमको उद्घाटन संगठनका जिल्ला अध्यक्ष गिर बहादुर महराले गर्नुभएको थियो। उहाँले सम्मेलनको महत्त्वमाथि प्रकाश पार्दै, नयाँ नेतृत्वले संगठनलाई अझ सशक्त बनाउनेमा विश्वास व्यक्त गर्नुभयो। सम्मेलनको सहजीकरण आयोजक समितिका सदस्य मधुसुदन गिरिले गर्नुभएको थियो।

सम्पूर्ण सम्मेलनको क्रममा विभिन्न वक्ताहरूले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, र रोजगारीका क्षेत्रमा संगठनको भुमिकाबारे विचार व्यक्त गरे। सम्मेलनले दाङ जिल्लामा संगठनलाई अझ सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।