मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

फेरी अर्को बस पल्टियो, १९ जना घाइते

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं: तनहुँको मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाको उद्धार कार्य जारी रहँदै गर्दा शुक्रबार दिउँसो चितवनमा अर्को बस दुर्घटना भएको छ।

रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको ग २ ख ४७ नम्बरको बस अनियन्त्रित भई सडकमै पल्टिएको हो।

चितवनको भरतपुर महानगरपालिका–२९, सत्र किलो क्षेत्रमा माथिबाट ढुंगा खस्दा चालकले नियन्त्रण गुमाएका कारण बस पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिएका छन्।

उनका अनुसार, अहिले सम्म १९ जना यात्रुलाई उद्धार गरी अस्पताल पठाइएको छ।

‘९ जनाको उपचार भरतपुर सरकारी अस्पतालमा भइरहेको छ भने १० जनालाई पुरानो चितवन मेडिकल कलेजमा भर्ना गरिएको छ,’ डीएसपी रिजालले भने, ‘दुई जनाको अवस्था गम्भीर छ भने चार जना सकुशल छन्।’

बसमा करिब ३५ यात्रु सवार रहेको अनुमान गरिएको छ। उद्धार कार्य जारी रहेकोले सडक एकतर्फी मात्र सञ्चालनमा रहेको र दुईतर्फी सञ्चालनका लागि प्रयास भइरहेको डीएसपी रिजालले बताएका छन्।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।