मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

क्रान्तिकारीको अध्यक्ष पदका लागि नरेश रेग्मीले गरे उम्मेदवारी घोषणा

Himali Patrika 1 मिनेट पढाइ

नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मी शर्माले केन्द्रीय समितिको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आइतबार कोशी प्रदेशको उदयपुर घाइघाटस्थित त्रियुगा जनता बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरी उहाँले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । अखिल क्रान्तिकारी दाङले हिजो मात्रै उहाँलाई सर्वसम्मत केन्द्रीय प्रतिनिधिमा सिफारिस गरेको थियो ।

सम्मेलनको सन्दर्भमा आफ्ना एजेन्डाहरू लिखित सामाग्री एवं भिडियो सन्देश मार्फत नियमित रूपमा सार्वजनिक गर्दै जाने र विद्यार्थी आन्दोलनलाई नयाँ सिराबाट पुर्याउन गम्भीरताका साथ बहस उठाउने उहाँले बताउनुभयो ।

‘आगामी राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा निर्वाचन लड्ने घोषणा गरेको छु। विद्यार्थी आन्दोलन फेरि नयाँ उचाइमा उठाउने कुरा एकल प्रयासबाट मात्र हुने कुरा होइन। त्यसको लागि गम्भीर एवं सामूहिक प्रयत्न चाहिन्छ। तसर्थ, सम्पूर्ण प्रतिनिधि एवं प्रियजनहरूलाई आ–आफ्नोबाट सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु’– उहाँले भन्नुभयो ।

यसअघि अर्का उपाध्यक्ष केशव रावलले पूर्व रुकुमबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । यही असोज २–५ गतेसम्म काठमाडौँमा क्रान्तिकारीको राष्ट्रिय सम्मेलन हुँदै छ । प्रतिनिधि छनोट र जिल्ला अधिवेशनका लागि नेताहरू जिल्ला दौडाहामा रहेका छन् ।

अध्यक्ष पदका लागि शर्मा, रावलसहित पवन कार्की, नारायण खनाल, महासचिव दीपेश पुन लगायतले आकांक्षा देखाएका छन् । यसपटक क्रान्तिकारीले विधान संशोधन गर्दै पदाधिकारीसहित सबै तहमा प्रत्यक्ष निर्वाचन अवलम्बन गर्ने व्यवस्था राखेको छ ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।