नेपाल पत्रकार महासंघ दाङद्वारा ‘मिडिया मन्थन’ पुस्तक विमोचन

नेपाल पत्रकार महासंघ दाङद्वारा ‘मिडिया मन्थन’ पुस्तक विमोचन

घोराही।  नेपाल पत्रकार महासंघ दाङ शाखाले ‘मिडिया मन्थन’ पुस्तकको आज औपचारिक विमोचन गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुस्तकको विमोचन गर्दै मिडियालाई सुशासन, सामाजिक न्याय, र समाजको रुपान्तरणका लागि निरन्तर खबरदारी गर्नुपर्ने भूमिका खेल्न आह्वान गर्नुभयो। उहाँले मिडियाले तथ्यमा आधारित भएर सुशासन, पारदर्शिता, जवाफदेहिता, र भ्रष्टाचार नियन्त्रणका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले पनि विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गर्नुभयो। संघीयताको मर्म अनुसार प्रदेश सरकारले जनताको जीवन सहज बनाउन काम गरिरहेको उल्लेख गर्दै उहाँले मिडियाले सरकारको कार्यशैलीमा खबरदारी गरिरहनुपर्ने आवश्यकता औंल्याउनुभयो।

त्यसैगरी, उहाँले तीन तहका सरकारहरूबीच समन्वयलाई प्रभावकारी बनाउन र समग्र प्रदेशको विकासमा सहकार्य आवश्यक रहेको कुरामा पनि जोड दिनुभयो। कार्यक्रमको शुभारम्भ महासंघकी उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रमको सहजीकरण महासंघका सचिव आरके शितलले गर्नुभएको थियो।

Europass CV in Nepal