घोराही । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन दाङको घोराहीमा शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा नयाँ नेतृत्व चयन गर्दै संगठनलाई थप सशक्त बनाउने निर्णय गरिएको छ। लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूबाट आएका प्रतिनिधिहरूको व्यापक सहभागितामा सम्पन्न यस सम्मेलनमा कुल ६१ जना सदस्य निर्वाचित भएका छन्, जसमा ४१ जना सदस्य र बाँकी प्रमुख पदाधिकारीहरु रहेका छन्।
सम्मेलनले पुस्कर शर्मा (प्युठान) लाई अध्यक्ष पदमा निर्वाचित गरेको छ, जसले आगामी कार्यकालका लागि संगठनको नेतृत्व सम्हाल्नेछन्। साथै, गिरबहादुर महरा (दाङ), प्रतिक अधिकारी (दाङ), कपिल चापागाँइ (रुपन्देही), मीना डाँगी (रोल्पा) र सपन पौडेल (रुपन्देही) उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। यसबाहेक, मदन घर्ती (दाङ) समावेसी उपाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्।
महिलाहरूको नेतृत्वलाई प्रोत्साहन गर्दै मीना डाँगी महिला उपाध्यक्ष र सन्ध्या पाण्डे महिला सचिवको रुपमा निर्वाचित भएका छन्। संगठनमा समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै, जयकुमार श्रेष्ठ (रुकुम पुर्व) समावेसी सचिवको रुपमा चयन भएका छन्। यसैगरी, महेश बस्नेत (बाँके) प्रमुख सचिव र ललित बहादुर विष्ट (बर्दिया) सचिव पदमा निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा मदन रावल (रुकुम पुर्व) चयन भएका छन् भने विभिन्न जिल्लाबाट १० जना कार्यालय सदस्यहरू निर्वाचित भएका छन्। सागर न्यौपाने (रुपन्देही), सन्तोष शर्मा (बाँके), कमल बन्जाडे (बाँके), किरण घर्ती मगर (कपिलबस्तु), र खेम कुँवर (रुपन्देही) लगायतका सदस्यहरू पनि कार्यालय टोलीमा समावेश भएका छन्।
नव-निर्वाचित अध्यक्ष पुस्कर शर्माले आफ्नो उद्घोषणमा संगठनलाई थप सशक्त र एकताबद्ध बनाउने प्रतिबद्धता जनाए। उनले विद्यार्थीहरूको हक र अधिकारका लागि निरन्तर संघर्ष गर्ने बताउँदै, संगठनका सबै सदस्यहरूलाई साझा उद्देश्यका लागि एकजुट भएर काम गर्न आह्वान गरे।
लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन, दाङको घोराहीमा आयोजना गरिएको यस ऐतिहासिक कार्यक्रमले संगठनलाई सशक्त नेतृत्व प्रदान गरेको छ र विद्यार्थी आन्दोलनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।