मुख्य सामग्रीमा जानुहोस्
Saturday, 17 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

प्रमाण-पत्र शुल्कमा अनियमितताप्रति अखिल क्रान्तिकारी दाङको कडा आपत्ति

Himali Patrika 1 मिनेट पढाइ

तुलसीपुर – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दाङ जिल्ला समितिले तुलसीपुर उपमहानगरपालिकाभित्रका विभिन्न संस्थागत तथा सामुदायिक विद्यालयहरूले प्रमाण-पत्र स्थानान्तरण शुल्कको नाममा तोकेको अत्यधिक शुल्कप्रति कडा आपत्ति जनाएको छ।

हिजो मात्रै पशुपति मा.वि. हरौपौरीमा प्रमाण-पत्र स्थानान्तरण शुल्क रु १०,००० लिएको कुरा बाहिरिएपछि अखिल (क्रान्तिकारी) दाङले कडा आपत्ति जनाएको थियो। साथै, तुलसीपुर शिक्षा शाखाले उपमहानगरपालिकाभित्रका विद्यालयहरूमा प्रमाण-पत्र शुल्कको नाममा तोकेको अत्यधिक शुल्कलाई तुरुन्त खारेज गर्न अखिल (क्रान्तिकारी) दाङ जिल्ला समितिको गम्भीर ध्यानाकर्षण भएको छ। संगठनले शिक्षा शाखामा बसेको बैठकबाट तोकिएको शुल्कलाई लागू नगरी निशुल्क गर्न आग्रह गरेको छ।

अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश उपाध्यक्ष गिरबहादुर महरा, जिल्ला अध्यक्ष गोविन्द मल्ल, उपाध्यक्ष भद्र बहादुर खत्री, सचिव हिरालाल ओली र कोषाध्यक्ष नवीन केसीसहितको टोलीले कार्यबाहक मेयर माधब ओली, सामाजिक महाशाखा प्रमुख मानबहादुर रावत, र शिक्षा शाखा प्रमुख चक्रबहादुर भण्डारीलाई भेटेर तुरुन्तै निर्णय खारेज गर्न माग गरेको थियो। साथै, विभिन्न विद्यालयहरूले विद्यार्थी स्थानान्तरण रोक्ने नाममा अत्यधिक शुल्क असुल गरेको पाइएकाले कानुनी कारबाही गर्न पनि संगठनले ध्यानाकर्षण गराएको छ।

भेटका क्रममा कार्यबाहक मेयरले यस विषयलाई गम्भीरतापूर्वक लिने र बढी शुल्क लिने विद्यालयहरूविरुद्ध कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले यो समस्या अस्थायी निर्णयका कारण उत्पन्न भएको भन्दै छिट्टै समाधान गरिने आश्वासनसमेत दिएका छन्।

अखिल (क्रान्तिकारी) दाङले तीन दिनभित्र शुल्क खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। संगठनका जिल्ला प्रवक्ता विष्णु गोराथोकीले यस सम्बन्धमा विद्यालयहरूको अनियमितताविरुद्ध संघर्ष जारी राख्ने बताए।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।