अखिल (क्रान्तिकारी) दाङद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) दाङद्वारा संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

घोराही, दाङ— संविधान दिवसको १० औं वार्षिक अवसरमा अखिल (क्रान्तिकारी) दाङले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथि तुल्सिराम पुन सुबास, नेकपा माओवादी केन्द्रका लुम्बिनी सचिवालय सदस्य, विशिष्ट अतिथि मिलन डाँगी, रामप्रसाद जैसी, गिरबहादुर महरा, प्रतीक अधिकारी, र अन्य विभिन्न विशिष्ट तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) दाङका सहसचिव प्रशान्त पोख्रेलले गरेका थिए भने अध्यक्षता गोबिन्द कुमार मल्लले गरेका थिए। दीप प्रज्वलन कार्यक्रमको औपचारिक सुरुवात प्रमुख अतिथि सहित उपस्थित सम्पूर्ण अतिथिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए।

विशिष्ट अतिथिहरूमा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अर्थउपमहासचिव गणेश रिजाल, एकीकृत अखिल नेपाल शिक्षक संगठन दाङका उपाध्यक्ष विष्णु भण्डारी, अनेमसंघ (क्रान्तिकारी) दाङका अध्यक्ष दिलकुमारी पुन, र वाइसिएल घोराही नगरका अध्यक्ष बलजित दमाई रहेका थिए।

Europass CV in Nepal

कार्यक्रममा संविधानको महत्व, लोकतन्त्रको सुदृढीकरण, र युवाहरूको भूमिकाबारे विभिन्न वक्ताहरूले आ-आफ्नो धारणा व्यक्त गरेका थिए। प्रमुख अतिथि तुल्सिराम पुन सुबासले संविधानले देशको स्थायित्व र शान्तिमा योगदान पुर्याएको बताउँदै यसलाई अझ बलियो बनाउन सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टी सदस्य, र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।