मुख्य सामग्रीमा जानुहोस्
Saturday, 24 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु

Himali Patrika 1 मिनेट पढाइ

इजरायल : उत्तरी लेबनानमा इजरायलको हवाई आक्रमणबाट कम्तिमा २१ जनाको मृत्यु भएको छ। इजरायलको हवाई आक्रमणबाट उत्तरी लेबनानमा २१ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार उक्त घटनामा अन्य केही मानिस घाइते भएका छन्।

उत्तरी लेबनानको अयोटोमा रहेको एक आवासीय भवनमा इजरायली हवाई हमला भएको हो । यस क्षेत्रमा अधिकांश क्रिस्चियनहरूको बसोबास छ।

बीबीसीका अनुसार इजरायलले हिजबुल्लाहलक्षित आक्रमण गर्ने क्षेत्रबाट अयोटा टाढा छ। स्थानीयका अनुसार यस ग्रामीण इलाकामा द्वन्द्वका कारण विस्थापित एक परिवार बस्थ्यो। इजरायली सेनाले भने यस आक्रमणबारे अहिलेसम्म केही बताएको छैन।

तर, यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेरुतसहित हिजबुल्लाहका क्याम्प भएका सबै क्षेत्रमा हमला गरिने बताएका थिए। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक महिनादेखि जारी इजरायली हमलामा हालसम्म १७ सय जनाको मृत्यु भइसकेको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।