मुख्य सामग्रीमा जानुहोस्
Saturday, 12 September 2026
ब्रेकिङ नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा, साउदी अरेबियामाथि ५ विकेटको शानदार जित
समाचार

राजावादीहरूको सक्रियता बढेपछि माओवादीको जागरण अभियान स्थगित

Himali Patrika 1 मिनेट पढाइ

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। पछिल्ला दिनहरूमा राजावादी शक्तिहरूको सक्रियता तीव्र बनेको भन्दै माओवादी केन्द्रले रणनीतिकरूपमा अभियान रोक्ने निर्णय लिएको बताइएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकप्रिय तथा लोकतन्त्रविरोधी नीतिहरूका कारण गणतन्त्रलाई चुनौती थपिएको निष्कर्ष निकालेका छन्।

स्रोतका अनुसार प्रचण्ड आजै सिमराबाट काठमाडौं फर्कनेछन्। साथै, माओवादी केन्द्रले राजावादीहरूको पछिल्लो गतिविधिबारे समीक्षा गर्न आइतबार पदाधिकारी बैठक आह्वान गरेको छ।

माओवादी केन्द्रको जागरण अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भई हाल रौतहटसम्म पुगेको थियो। यसैबीच, राजावादी समूहले आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौं फर्किने कार्यक्रमलाई भव्य बनाउन व्यापक तयारी गरिरहेको जनाइएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।