मुख्य सामग्रीमा जानुहोस्
Monday, 21 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

पर्यटक दुर्व्यवहार सम्बन्धि एनएमबी बैंकले छानबिन गर्ने

Himali Patrika 1 मिनेट पढाइ

घोराही।  नेपाल भ्रमणमा रहेका चर्चित ट्राभल ब्लगर TheLostJoey ले पोखरामा व्लगिङ गर्ने क्रममा दुर्व्यवहारको सामना गर्नुपरेको बताउँदै एक भिडियो सार्वजनिक गरेका छन्। उक्त घटनामा संलग्न व्यक्तिको पहिचान एनएमबी बैंक, पोखरा शाखाका प्रबन्धक जीवा नाथ बराल भएको दाबी गरिएको छ।

ब्लगर TheLostJoey ले आफ्नो भिडियो मार्फत पोखराको एक स्थानमा व्लगिङ गरिरहेका बेला एक व्यक्तिले उनीसँग असभ्य व्यवहार गरेको बताएका छन्। उक्त घटनाले नेपाल भ्रमणमा आएका पर्यटकहरूमाथि भइरहेको व्यवहारप्रति प्रश्न उठाएको छ।

यस विषयमा हिमाली पत्रिका द्वारा एनएमबी बैंकलाई पठाइएको इमेलको जवाफमा, बैंकले घटनालाई गम्भीरतासाथ लिँदै छानबिन प्रक्रिया अघि बढाइसकेको जनाएको छ। बैंकले आफ्नो आधिकारिक प्रतिक्रिया दिँदै भनेको छ,

“हामी यस घटनालाई गम्भीर रूपमा लिइरहेका छौं र विस्तृत छानबिन गरिरहेका छौं। बैंकका कर्मचारीहरूलाई नैतिक आचरण र सम्मानजनक व्यवहारको सिद्धान्त अनुरूप कार्य गर्न निरन्तर प्रेरित गरिन्छ।”

नेपाल पर्यटकमैत्री गन्तव्यको रूपमा चिनिएको भए पनि यस्तो घटनाले मुलुकको छवि प्रभावित गर्ने भन्दै सामाजिक सञ्जालमा व्यापक बहस चलेको छ। एनएमबी बैंकले छानबिन पूरा भएपछि थप जानकारी सार्वजनिक गर्ने जनाएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।