मुख्य सामग्रीमा जानुहोस्
Wednesday, 23 September 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

अराजकताको पराकाष्ठा: एमाले वडा अध्यक्षबाट विद्यालयका प्रधानाध्यापक कुटए

Himali Patrika 1 मिनेट पढाइ

घोराही।  पछिल्लो समय नेकपा एमाले अराजक बन्दै गएको भन्ने जनताको आरोपलाई दाङमा एक पटक फेरि पुष्टि गरिदिएको छ । एमाले कार्यकर्ताहरूले खुलेआम गुण्डागर्दी प्रदर्शन गर्दै विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरेका छन्। घोराही उपमहानगरपालिका-१४ स्थित श्री उच्च माध्यमिक विद्यालय शुभ प्रभातमा विद्यालय व्यवस्थापन समितिको बैठकमा अराजकता मच्चिएको छ। नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष भानसिङ बुढाको नेतृत्वमा आएको समूहले विद्यालयका प्रधानाध्यापक रुद्र बुढामाथि निर्घात कुटपिट गर्दै विद्यालय परिसरलाई नै रणभूमि बनाएको थियो।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि बोलाइएको भेलामा वडा अध्यक्ष बुढाले जबर्जस्ती आफ्ना मान्छे अध्यक्ष बनाउनुपर्ने अडान राखेका थिए। तर अभिभावकहरूको बहुमत नभएपछि उनले फर्जी हस्ताक्षर गराएर नक्कली बहुमत देखाउने प्रयास गरे। जब प्रधानाध्यापक बुढाले यो अवैध गतिविधिको विरोध गरे, तब वडा अध्यक्ष र उनको समूहले हिंसात्मक आक्रमण गरे।

स्रोतका अनुसार, प्रधानाध्यापक बुढाले निष्पक्ष रूपमा गणेश श्रेष्ठलाई अध्यक्ष बनाउन खोज्दा वडा अध्यक्ष बुढा आक्रोशित भएका थिए। दुबै पक्ष विद्यालय व्यवस्थापन समितिमार्फत आफ्ना समर्थकहरूलाई राखेर सेवामा रहेका शिक्षकहरूको स्थान आफ्ना मान्छेले भरिने खेल खेल्न चाहन्थे।

तर, जब प्रधानाध्यापकले वडा अध्यक्षको हस्तक्षेप अस्वीकार गरे, तब स्थिति भयावह बन्यो। प्रत्यक्षदर्शीहरूका अनुसार, वडा अध्यक्षले प्रधानाध्यापकलाई जथाभावी गालीगलौज गर्दै हातपात गरे। यतिमात्र होइन, उनका समर्थकहरूले समेत प्रधानाध्यापकलाई निर्घात कुटपिट गर्दै गम्भीर घाइते बनाएका छन्।

शिक्षालय जस्तो पवित्र स्थलमा खुलेआम यस्तो गुण्डागर्दी भएपछि स्थानीयहरू त्रसित बनेका छन्। अब यो घटनाले के मोड लिने हो र दोषीहरू कारबाहीको दायरामा आउलान् कि आउँदैनन् भन्ने प्रश्न उठिरहेको छ!

 

 

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।