मुख्य सामग्रीमा जानुहोस्
Friday, 2 October 2026
FY
ब्रेकिङ अष्ट्रेलियामा ७ लाख ५० हजार अस्थायी आप्रवासी घटाउने प्रस्ताव, नेपाली विद्यार्थी र कामदारलाई कस्तो असर पर्ला?
समाचार

बन्धकहरुको फोटो सार्वजनिक गर्दै हमासले भन्न खोजेको के हो ?

Himali Patrika 1 मिनेट पढाइ

गाजा — फलस्तिनी प्रतिरोध समूह हामासले शनिबार ४७ जना इस्रायली बन्धकहरुको सामूहिक फोटो सार्वजनिक गर्दै यसलाई राजनीतिक दबाब सिर्जना गर्ने रणनीति बनाएर प्रयोग गरेको छ। उक्त तस्वीरमा “नेतन्याहुको अडान र सेनाप्रमुख इयल जामिरको अधीनताका कारण यो युद्धको सुरुवातमै अन्तिम बिदाई तस्वीर हो” भन्ने क्याप्सन अरबी र हिब्रु भाषामा राखिएको थियो।

विश्लेषकहरुको भनाइमा, यस कदमले हामासले तीन प्रमुख उद्देश्य साध्ने प्रयास गरेको देखिन्छ। पहिलो, नेतन्याहु नेतृत्वलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय दबाबमा पार्ने। दोस्रो, इस्रायली जनतालाई सम्झाउने कि बन्धकहरुको भाग्य नेतन्याहु सरकारको राजनीतिक निर्णयसँगै जोडिएको छ। तेस्रो, वार्ताको क्रममा आफ्नो नियन्त्रण र प्रभुत्व प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय ध्यान तान्ने।

हामासले पटकपटक सम्पूर्ण बन्धक विनिमय र युद्धविरामका लागि तयार रहेको दाबी गर्दै आएको छ। तर, नेतन्याहुले आंशिक सम्झौतामार्फत समय तान्ने रणनीति अपनाएको भन्दै आलोचना खेप्दै आएका छन्।

अन्तर्राष्ट्रिय समुदायले पनि यस घटनालाई वार्ता प्रक्रिया अघि बढाउन प्रयोग गर्ने सम्भावना रहेको देखिएको छ।

Avatar photo
Himali Patrika

प्रतिक्रिया लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। आवश्यक फिल्ड * चिन्हित छन्।