क्रिप्टोमार्फत चीनमा पैसा पठाउने तीन नेपाली भारतको हैदरावादमा पक्राउ

क्रिप्टोमार्फत चीनमा पैसा पठाउने तीन नेपाली भारतको हैदरावादमा पक्राउ

एजेन्सी । हैदरावादको रचाकोण्डा प्रहरीले क्रिप्टो करेन्सी प्रयोग गरी कालोधन चीनतिर पठाउने ३ जना नेपालीलाई पक्राउ गरेको छ । फर्जी लगानीको सोही मामिलामा भारत प्रहरीले यस अघिदेखि नै अनुसन्धान जारी राखेको थियो ।

पक्राउ पर्ने ३ जना नेपाली नागरिक सोही मामिलाका कथित प्रमुख आरोपित दिपु मण्डलका सहयोगी रहेको प्रहरीले आशंका गरेको छ ।
पक्राउ पर्ने तीनजनै नेपालीहरुले गैरकानुनी बाटोबाट आर्जित सम्पत्तिलाई क्रिप्टो करेन्सीको माध्यमबाट चीनमा पठाउने गरेको सुराकको आधारमा त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पश्चिम बंगाल सिलिगुरी बस्दै आएका गोपाल शेर्पा, सुशील गुरुङ र निमा तामाङ रहेका छन् । प्रहरीले तीनैजनालाई सेकुन्द्रावाद रेलवे स्टेसनबाट पक्राउ गरेको हो ।

Europass CV in Nepal

गत अक्टोबरमा भारतीय प्रहरीको साइबर क्राइम विभागले घटकेशरका बी किरनबाट ठगीको उजुरी परेको थियो । जसमा पक्राउ परेका तीन युवाहरुले उनलाई एउटा लिंक पठाएर त्यसमा क्लिक गरी अनलाइनमार्फत लगानी गरी उच्च प्रतिफल पाउने प्रलोभनमा देखाएका थिए । सो प्रलोभनमा परी आफूले ८६ लाख भारु गुमाएको उनले प्रहरीलाई बताएका छन् ।

पिडित बी किरनले लिंकमा क्लिक गरेर उनीहरुले भने बमोजिम विभिन्न बैंक अकाउन्टहरुमा पैसा पठाएका थिए । तर, पछि मात्र किरनले आफू ठगिएको थाहा पाए ।

उनको उजुरीको आधारमा प्रहरीले यसअघि सिलिगुरीबाट तीनजना आरोपितलाई पक्राउ गरेको थियो । जसबाट नेपाली नागरिक दिपु मण्डललाई प्रमुख आरोपित भएको प्रहरीले थाहा पाएको थियो । प्रहरीले दिपुको खोजीमा मान्छे खटाएपछि क्रिप्टो करेन्सी प्रयोग गरी ठगीको पैसा चीनमा पठाउने काम गरेको जानकारी पाएको थियो ।

पक्राउ गर्दा हैदराबाटमा तीनै आरोपितले पुनः फर्जी कल सेन्टर स्थापना गरी मान्छेहरुलाई झूठा लगानी योजनाहरुको अफर दिने तयारी गरिरहेको खुलेको छ ।

त्यसका लागि दिपुले फर्जी आईडी प्रुफ बनाएर ठगी गरेको पक्राउ पर्ने आरोपितहरुले बयान दिएका छन् । जसबाट उनीहरुले मोवाइलको सिमकार्ड लिएर बैंक अकाउन्ट खोलेका थिए ।

आरोपितहरुको फोनमा रहेको म्यासेजिङ एपको परीक्षण गर्दा उनीहरुले जालसाँझी गरी कमाएको धन क्रिप्टो करेन्सी एक्चेन्जमार्फत चीन पठाएको पाइएको थियो । प्रहरीले दिपु र मनिष क्षेत्रीलगायत अन्य आरोपितहरुलाई ट्रयाक गर्ने प्रयास गरिरहेको बताएको छ । दिपु मण्डल भने नेपाल भागेको प्रहरीको आशंका छन् । (दी टाइम्स अफ इन्डियाको सहयोगमा)

 

Europass CV in Nepal