नारायणहिटी दरबारभित्र बतासले बनाएको संरचना भत्काइयो

नारायणहिटी दरबारभित्र बतासले बनाएको संरचना भत्काइयो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको विवादित कफी सपको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी सप भत्काएको हो ।

शुक्रबार समितिले बाहिरबाट मजदुर बोलाएर सो संरचना भत्काएको समिति स्रोतले जनाएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचनाबाहेकका संरचना भत्काएर सकिएको छ ।

बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्सापासबिनै बनाएको सो संरचनालाई नारायणहिटी दरबार संग्रहालयले समेत अन्देखा गरेर बसिरहेको थियो । सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मन्त्रीको मौखिक आदेशमा समितिले पुस २० गते कम्पनीलाई पत्र लेख्दै सो संरचना निर्माणको काम रोक्न निर्देशन दिएको थियो ।

Europass CV in Nepal

बताससँग कफी सप राख्ने विषयमा भएको सम्झौताबारे छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार समिति गठन गरेको छ । समितिले ३ दिनभित्र प्रतिवेदन दिने बताइएको छ ।

Europass CV in Nepal